ad ad

समाज


स्वास्थ्य मन्त्रालयले भन्यो : काठमाडौंमा कोरोनाले ठूलो दुर्घटना निम्त्याउने खतरा छ!

स्वास्थ्य मन्त्रालयले भन्यो : काठमाडौंमा कोरोनाले ठूलो दुर्घटना निम्त्याउने खतरा छ!

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १२:२९,

पछिल्लो समय काठमाडौंमा कोरोना भाइरसबाट मानिस संक्रमित हुने क्रम बढ्दै गएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।

कोरोनाविरुद्ध सरकारले लागू गरेका नियम पालना नगरी लापरबाही बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले यसले काठमाडौंको जनस्वास्थ्यमा ‘ठूलो दुर्घटना’ निम्तिने चेतावनी दिएको हो।

नियमित ‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाण्डुमा फाटफुट केसहरू भेटिइरहेका छन्। काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ। यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु।’

याे पनिकाठमाडौँका ३२ सहित उपत्यकामा थपिए ३८ संक्रमित

यस्तै देशका कतिपय नाकामा पनि अहिले लापरबाही बढिरहेको उनले जानकारी दिए। जनस्वास्थ्यको मापदण्ड पालना नगरिएकाले संक्रमण बढ्दै गएको उनले बताए।

‘हालसालै भारतबाट ओखलढुंगा कामदाहरू लगियो, २१ कामदारमध्ये १८ जनामा कोरोना पोजिटिभ देखियो,’ उनले भने, ‘अहिले उनीहरूलाई विराटनगर लगिएको छ।’

यस्ता घटना आइरहेकाले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ। 

विस्तृत जानकारीका लागि याे भिडियाे सुन्नुहाेस् :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .