ad ad

कारोबार


सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत वितरण

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत वितरण

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १२:४१,

डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा न‌ं ५ जम्बुमा पहिरो प्रभावितलाई डिशहोमले राहत वितरण गरेको हो। पहिरो पीडित २८ घर परिवारलाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको छ। डिशहोमका स्थानीय वितरक र प्रतिनिधी पहिरोबाट अति प्रभावित जम्बु पुगेर पीडित परिवारलाई सहयोग रकम उपलब्ध गराएका हुन्।

सामाजिक उत्तरदायित्वलाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ। एसईई तयारी कक्षादेखि लकडाउनको समयमा विद्यार्थीहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रशारण गरिरहेको छ।

116441823_742619319869688_5263737071595992404_n.jpg

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृष्यसँगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्र रुपमा अगाडि बढाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .