ad ad

समाज


जब मुस्लिम समुदायका महिलाले मोदीको फोटोमा राखी बाँधे...

जब मुस्लिम समुदायका महिलाले मोदीको फोटोमा राखी बाँधे...

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १२:२५,

मोदी सरकारले आजभन्दा ठीक एक वर्षअगाडि मुस्लिम समुदायमा चल्दै आएको ‘तीन तलाक’को अन्त्य गर्नका लागि कानुन बनाएको थियो।

यो कानुनको मोदीको संसदीय निर्वाचन क्षेत्रका मुस्लिम महिलाहरुका साथमा देशभरका मुस्लिम महिलाहरुले स्वागत गरेका थिए। कानुन बनाएको एक वर्ष पुगेको उपलक्ष्यमा बनारसका महिलाहरुले प्रधानमन्त्री मोदीलाई आफ्नो भाइ मान्दै उनको तस्बिरमा राखी बाँधेर धन्यवाद व्यक्त गरेका छन्।

बनारसको मुस्लिम बाहुल्यता रहेको दालमन्डी इलाकामा महिलाहरुले मोदीलाई यो दिनमा विशेष रुपले सम्झेका हुन्। किनभने आजकै दिन मोदी सरकारले कानुन बनाएर तीन तलाकजस्तो धार्मिक, सामाजिक कुरीतिको अन्त्य गरेकाे  थियो।

रक्षाबन्धनको अवसर पारेर मुस्लिम महिलाहरुले ‘भैया मेरे राखी बन्धनको निभाना’ जस्ता गीत गुन्गुनाउँदै पहिले मोदीको तस्बिरमा राखी बाँधे भने त्यसपछि तस्बिरमै मोदीलाई मिठो चिज खुवाएर उनीप्रति आभार व्यक्त गरेका हुन्।

varanasi3_073120033008.jpg

प्रधानमनत्री मोदीले तीन तलाक रोक्ने कानुन ल्याएर रामो काम गरेको सो कार्यमा सहभागी मुस्लिम महिला अलीमुनिसाले बताइन्। ‘तीन तलाकजस्तो कुरीतिविरुद्ध कानुन ल्याएर प्रधानमन्त्री मोदीले राम्रो काम गरेका छन्’, उनले भनिन्, ‘यसैकारण उनको फोटोमा राखी बाँधेर धन्यवाद र आभार व्यक्त गरेका हौँ।’ उनले मोदीलाई यस प्रकारका थप काम गर्दै जान आग्रह समेत गरिन्। उनीजस्तै अन्य महिलाहरुको पनि नयाँ कानुनले आफूहरुको रक्षा गरेको बताएका छन्।

 मोदीको दल भाजपाको अल्पसंख्यक मोर्चा वाराणसी महासचिव शेख मो. आसिफले सन् २०१४ मा मोदी सरकार आउनेबित्तिकै मुस्लिम महिलालाई तीन तलाकबाट मुक्ति दिलाउने बताएका थिए। राज्यसभामा बहुमतको अभावका कारण यो विधेयक पारित हुन सकेन। तर २०१९ मा प्रधानमन्त्री मोदीले दोस्रोपटक सरकारको गठन गर्ने बित्तिकै तीन तलाकविरुद्ध कानुन बनाएका थिए। त्यही समयमै देशभरका मुसलमानहरुले खुसी व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .