समाज


कोरोनाविरुद्धको खोपलाई केही हप्तामै मान्यता दिँदै रुस!

कोरोनाविरुद्धको खोपलाई केही हप्तामै मान्यता दिँदै रुस!

नेपालखबर
साउन १५, २०७७ बिहिबार ११:५,

रुसले अगष्ट १० अथवा त्यो भन्दा अगाडि नै कोरोना भाइरसको खोपलाई मानव प्रयोजनका लागि स्वीकृती दिने दाबी गरेको सीएनएनले जनाएको छ।

मस्कोस्थित गामेलिया इन्स्टिट्युटले बनाएको खोपलाई रुसले मान्यता दिन लागेको हो।

मानव प्रयोजनका लागि स्वीकृती पाइसकेपछि यस इन्स्टिट्युटले बनाएको खोप सुरुवातमा देशभर कोरोनाविरुद्ध खटिरहेका चिकित्सकलाई लगाइनेछ।

रुसमा खोपहरुको अनुसन्धानमा आर्थिक सहायता प्रदान गर्दै आएको रसिया सोभरेन वेल्थ फन्डका प्रमुख क्रिल दिमित्रेभका अनुसार सोभियत यूनियनले सन् १९५७ भूउपग्रह पहिलोपटक अन्तरिक्षमा सफल रुपमा प्रक्षेपण गरेको थियो।

कोरोनाविरुद्धको खोप पनि रुसले नै पहिलोपटक बनाएकोमा आफूलाई खुशी लागेको उनी बताउँछन्।

रुसले कोरोनाविरुद्धको खोपलाई स्वकृती दिने बताइरहँदा यस खोपको वैज्ञानिक आधार भने विश्वसामु प्रस्तुत गरेको छैन।

रुसको खोपको प्रभावकारिता र सुरक्षाको विषयमा पनि हाल विश्व अनविज्ञ छ। हाल विश्वभरका देशहरु कोरोनाविरुद्धको खोप बनाउनमा लागि परेका छन्। अमेरिका, चीन तथा बेलायतले बनाएका खोप अन्तिम परीक्षणका लागि तयार भइरहँदा रुसले भने खोपलाई मान्यता दिन लागेको जनाएको छ।

यसअघि अमेरिका तथा बेलायतले रुसले कोरोनाविरुद्धको अनुसन्धानमा ह्याकिङको प्रयास गरेको आरोप लगाएको थियो।

रुसले आफूले इबोला भाइरस र मर्स भाइरसको खोप बनाउँदा पनि नेतृत्वदायी भूमिका खेलेको बताउँदै आएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad