ad ad

समाज


कालीकोटमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु, चार जना बेपत्ता

कालीकोटमा बाढीले घर बगाउँदा दुई जनाको मृत्यु, चार जना बेपत्ता

नेपालखबर
साउन १३, २०७७ मंगलबार ९:४७,

 कालीकोटको रास्कोटमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु हुनका साथै चार जना बेपत्ता भएका छन्।

गएराति रास्कोट गाउँपालिका–१ बढुवाटोलस्थित गंगे खहरेखोलामा आएको बाढीले स्थानीय जशबहादुर शाहीको घर बगाउँदा एक जनाको मृत्यु हुनका साथै अन्य चार जना बेपत्ता बनेका हुन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएपी श्यामबाबु ओलीयाले बाढीले घर बगाउँदा बेपत्तामध्ये घरधनी जशबहादुर शाहीको शब फेला परेको बताए।

‘पहिरोमा पुरीएर बेपत्ता भएका ५ जनामध्ये घरमुली जशबहादुर शाहीको शव फेला परेको छ’, घटनास्थलमा रहेका उनले नेपनेपालखबरसँग भने, अरुको खोजीकार्य जारी छ।’

सो दुर्घटनामा शाहीका दुई छोरी एक छोरा र एक भतिजी बेपत्ता भएको डीएसपी ओलियाले बताए।

उनका अनुसार बेपत्ता हुनेमा जशबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया भतिजी अस्मिता रहेका छन्।

त्यस्तै सोही वडाको तुसारे भन्ने ठाउँमा स्थानीय टेक टमटाको घर भत्किँदा बेपत्ता एक किशोरकिो पनि शव निकालिएको डीएसपी ओलीयाले बताए। गत रातिनै अविरल वर्षका कारण टमटाको घर भत्किँदा पाहुन आएकी १४ वर्षीया किशोरी केशपुरा शाही बेपत्ता भएकी थिइन्। उनको मंगलबार दिउँसो शव निकालिएको उनले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .