ad ad

समाज


अस्ट्रेलियाको आगलागीमा परेर ३ अर्ब जनावर मरे!

अस्ट्रेलियाको आगलागीमा परेर ३ अर्ब जनावर मरे!

नेपालखबर
साउन १३, २०७७ मंगलबार ९:३८,

अस्ट्रेलियामा गतवर्ष महिनौंसम्म आगलागी भएको थियो। झाडीमा लागेको आगोले विकराल रुप लिएको थियो।

डब्लूडब्लूएफको समन्वयमा भएको अनुसन्धानका क्रममा अस्ट्रेलियामा अरबौं जनावर मरेको अथवा प्रभावित बनेको देखिएको हो।

सो आगलागीमा परेर ३३ मानिसको समेत मृत्यु भएको थियो। अनगिन्ती स्तनपायी, सरीसृप, चरा तथा भ्यागुताका प्रजातिहरु आगलागीमा परेर मरेको बताइएको छ।

Koala Bear In Tree Caught In Australia Fire

गत जनवरीमा गरिएको अनुसन्धानमा न्यु साउथ वेल्स र भिक्टोरियामा मात्र १ अर्ब २५ करोड जनावर मरेको बताइएको थियो।

आगलागीले ११.४६ मिलियन हेक्टर जमीन खरानी भएको थियो।

डब्लूडब्लूएफले आधुनिक इतिहासको सबैभन्दा खराब वन्यजीव प्रकोपको रुपमा यस आगलागीलाई हेरेको छ। बीबीसी

On Australia's Kangaroo Island, rescuers race to save wildlife ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .