ad ad

समाज


प्रहरीले बरामद गरेको १५ किलो सुन नक्कली

प्रहरीले बरामद गरेको १५ किलो सुन नक्कली

नेपालखबर
साउन १३, २०७७ मंगलबार ७:१३,

नेपाल प्रहरीले मंगलबार बिहान काठमाडौँको कमलादीबाट बरामद गरेको करिब १५ केजी पहेँलो पदार्थ नक्कली सुन रहेको बताएको छ।

मंगलबार एक पत्रकार सम्मेलन गर्दै प्रहरीले मंगलबार बिहान कमलादीबाट बरामद गरेको १५ किलो पहेँलो पदार्थमध्ये आधा केजीमात्रै सक्कली रहेको र बाँकी साढे १४ किलो चाँहि चाँदीमा जलप लगाएको बताएको छ।

मंगलबार बिहानै कमलादीस्थित कृष्ण पाउरोटीनजिकै एउटा स्कर्पियो गाडी चेकजाँचका लागि प्रहरीले रोक्ने खोज्दा झन् स्पिड बढाएको र प्रहरीले पिछा गरेपछि उनीहरुले सो नक्कली सुन र दुई थाप पेस्तोल छोडेर भागेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको १५ किलो सो पहेँलो पदार्थ सुनचाँदी व्यवसायीकोमा प्रहरीले परीक्षण गर्दा चाँदीमा सुनको जलप लगाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी दिए।

‘बरामद भएको वस्तु सुन हो कि हैन भनेर यकीन गर्न नमूना परीक्षण गर्दा नक्कली सुन भएको पाइयो। त्यसपछि बरामद भएको सबै धातु परीक्षण गर्‍यौं,’ एसएसपी ज्ञवालीले भने, ‘सबै धातु परीक्षण गर्दा करिब ५०० ग्राम मात्रै सक्कली सुन निस्कियो।’

उनले बा६च ५५११ नम्बरको स्कार्पियोमा आएका केही व्यक्तिले प्रहरीले पिछा गरेपछि सो सुन र हतियार फालेर फरार भएका थिए। प्रहरीले फरार गाडी र व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .