ad ad

समाज


नाजुक बन्दै भारतको अवस्था, एकैदिनमा झन्डै ५० हजार संक्रमित बने

नाजुक बन्दै भारतको अवस्था, एकैदिनमा झन्डै ५० हजार संक्रमित बने

नेपालखबर
साउन १२, २०७७ सोमबार १०:१,

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ। तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन्।

लकडाउन खुकुलो बनाएपछि कोरोनाका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .