समाज


नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

नेपालखबर
साउन १०, २०७७ शनिबार १०:४२,

नेपालमा पछिल्ले २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोना १३ हजार ५३ जना संक्रमित निको भएर घर फर्केका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad