समाज


भूकम्प पीडितबाट कमिशन खाने इन्जिनियर पक्राउ

भूकम्प पीडितबाट कमिशन खाने इन्जिनियर पक्राउ

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ९:१९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ।

इन्जिनियर मण्डल र असिस्टेन्ट सव–इन्जिनियर गुरुङले ८ जना लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा जनही ५० हजारका दरले घुस/रिसवत माग गरी चार लाख रुपैयाँ लिएको अख्तियारले जनाएको छ।

उनीहरु दुवै जना राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई मर्स्याङदी गाँउपालिकामा कार्यरत हुन्।

विशेष सूचना तथा उजुरीको आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले जिल्ला प्रशासन कार्यालय, लमजुङको सहयोगमा निजहरुलाई बेशीशहर बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad