सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टी सामूहित नेतृत्वमा चल्नुपर्ने बताएका छन्।
शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जलि कार्यक्रमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी सामूहिक निर्णय, नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा चल्नुपर्ने बताएका हुन्।
अध्यक्ष प्रचण्डले नेकपामा सामूहिक नेतृत्व भनिए पनि त्यस्तो नभएको बताए। ‘सामूहिक नेतृत्व त भन्यो तर दुई वर्षसम्म केन्द्रीय समितिको बैठक राख्न सकेनौँ’, उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक टार्न खोजेको तर्फ संकेत गर्दै उनले पार्टीको बैठक राख्न पनि ठूलो संघर्ष गर्नुपर्ने अवस्था आएको बताए।
‘पार्टीको बैठक बस्न पनि निकै ठूलो कसरत गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘बैठक बसिहाले पनि त्यसको गरिमालाई ख्याल गर्न सकेनौँ कि?’
याे पनि:
कसैले जबज, कसैले माओवाद जिन्दावाद भन्यो भने एकता रहँदैनः प्रचण्ड
प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा एमाले दर्ता भएको हो : प्रचण्ड
Shares

प्रतिक्रिया