ad ad

समाज


सरकारी छाप कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ

सरकारी छाप कीर्ते र ठगी मुद्दाका फरार व्यक्ति पक्राउ

नेपालखबर
साउन ८, २०७७ बिहिबार ७:५४,

सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महांकाल बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार साँझ पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

उक्त मुद्दामा उच्च अदालतको फैसलाले दुई वर्ष कैद तथा रु ३७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो। उनी ललितपुरको सातदोबाटोबाट पक्राउ परेको बिहीबार सीआईबीले विज्ञप्तिमार्फत जनाएको छ।

महतसमेतका व्यक्तिहरुले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौँ सीतापाईलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलंकीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए।

उनीहरुले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी रु ७५ लाखमा बिक्री गरेको जनाइएको छ। सोही कसुरमा संलग्न मालपोत कार्यालय कलंकीका भीमबहादुर राईलाई २०७४ सालमा नै पक्राउ गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .