पोम्पिओले मंगलबार राति डब्लूएचओ चीनको कठपुतली भएको र डब्लूएचओकै कारण बेलायती नागरिकहरु कोरोनाका कारण ज्यान गुमाउन बाध्य भएको अरोप लगाएका थिए।
डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रिएसस चीनको मुठ्ठीमा भएको पनि पोम्पिओले बताएका थिए।
डब्लूएचओ एउटा वैज्ञानिक संस्थाभन्दा आजभोली राजनीतिक संस्था भएको उनको भनाइ छ।
डब्लूएचओ चीनको मार्गनिर्देशनमा चलेको भन्दै हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए।
अमेरिकाले बारम्बार चीनले र डब्लूएचोले कोरोनाको खतराबारे सुरुमै सजग नगराउँदा कोरोनाले महामारीको रप लिएको बताउँदै आएको छ।
पोम्पिओले विभिन्न आरोपहरु लगाएपछि डब्लूएचओले बुधबार एक बयान जारी गर्दै उनका अरोपहरुको खण्डन गरेको छ।
बयानमा भनिएको छ,‘पोम्पिओले लगाएका आरोपहरुको विषयमा हालसम्म डब्लूएचओलाई कुनै जानकारी छैन। तर हामी यस्ता व्यक्तिगत आरोपलाई खारेज गर्दछौं। डब्लूएचओ महामारीसँग लड्न र यसको खतरामा ध्यान केन्द्रित गर्न सबै देशलाई आग्रह गर्दछ।’
अमेरिका र चीनबीचको व्यक्तिगत विवादमा अमेरिकाले डब्लूएचओलाई बिचमा तानेको भन्दै डब्लूएचओ अमेरिकासँग रुष्ट भएको छ। एजेन्सी

प्रतिक्रिया