त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानतर्फको स्नातकोत्तर र स्नातक तहको परीक्षा भदौ ७ र १५ गतेदेखि हुने भएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले आज एक सूचना जारी गरी उक्त जानकारी दिएको हो। परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा निर्देशिका पालनासहित हुने निमित्त डिन प्राडा सुशील बहादुर वज्राचार्यले जानकारी दिए।
कोरोनाको कारण चैत ६ गते उक्त दुई तहको परीक्षा स्थगित गरिएको थियो। सरकारले लकडाउन अन्त्य गरेको घोषणा गरेपछि त्रिविले परीक्षा लिने तयारी गरेको हो।


प्रतिक्रिया