समाज


भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित

भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित

नेपालखबर
साउन ६, २०७७ मंगलबार ७:५०,

सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन्।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ।

यससँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन्।

भारतमा अहिले पनि ४ लाख २ हजार ५२९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad