समाज


उबेला रावणले विमान चलाउने मार्गको अध्ययन गर्दै श्रीलंका!

उबेला रावणले विमान चलाउने मार्गको अध्ययन गर्दै श्रीलंका!

नेपालखबर
साउन ६, २०७७ मंगलबार ७:३६,

श्रीलंकाको उड्डयन प्राधिकरणले यस अध्ययनको नेतृत्व गर्ने द हिन्दुले जनाएको छ।

हिन्दु धर्मग्रन्थ रामायणमा लेखिए अनुसार रावणले भगवान रामकी श्रीमती सितालाई उनको पुष्पक विमानमा राखेर अपहरण गरेका थिए।

भारतमा रावणलाई दुष्ट र पापीको रुपमा लिएपनि श्रीलंकामा भने रावणलाई एउटा राम्रो शासकको रुपमा लिने गरिन्छ।

श्रीलंकाको पत्रिका सिनहालामा हालै त्यहाँको उड्डयन प्राधिकरणले एक विज्ञापनमा रावणको विमान र उनको विमान उड्ने मार्गबारे लिखित जानकारी भए आफूहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ।

प्राधिकरण भन्छ,‘रावणले चलाउने विमानबारे धेरै कथाहरु छन् र हामी उनले विमान चलाउने मार्गहरुको बारेमा अध्ययन गर्न चाहन्छौं।’

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गर्न खोजेको साथै राम भारतका नभएर नेपालमा जन्मिएको बताएका थिए।

ओलीले राम जन्मिएको अयोध्या नेपालको ठोरी नजिक भएको बताएका थिए। यस टिप्पणीपछि ओली विवादमा तानिएका छन्।

पौराणिक कथाका पात्र रावणसँग जोडिने रामको विषयमा विवाद भइरहँदा श्रीलंकाले रावणले उडाउने विमान र विमान मार्गको अध्ययन गर्न लागेको हो। द हिन्दु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad