एनएमबी बैंक लिमिटेड र जडीबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडीबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका हुन्।
एनएमबी बैंकले देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलस्रोतलगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ ।
एनएमबी बैंकले हाल देशभरी १६७ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया