भारतमा एकै दिन अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ४० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो।
वल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार दुई सय ४३ जना नयाँ संक्रमित फेला परेका छन्। यो एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो।
अहिलेसम्म भारतमा ११ लाख १८ हजार एक सय सात जनामा संक्रमण पुष्टि भएको छ। यो आइतबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो। त्यहाँ अहिलेसम्म कोरोना संक्रमणको कारण साढे २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १८ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने चार हजार दुई सय ९६ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड ४६ लाख ३३ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ६ लाख आठ हजार पाँच सय ३९ पुगेको छ।
Shares

प्रतिक्रिया