समाज


‘नवलपरासीमा बिहानैदेखि बाढीको खतरा, १० बजेसम्म सतर्क रहौं’

‘नवलपरासीमा बिहानैदेखि बाढीको खतरा, १० बजेसम्म सतर्क रहौं’

नेपालखबर
साउन ४, २०७७ आइतबार १:४२,

बाढी पूर्वानुमान महाशाखाले नवलपरासी क्षेत्रका बासिन्दालाई बाढीबाट सतर्क रहन सुझाव दिएको छ।

आइतबार बिहानै ५ बजे सूचना जारी गर्दै महाशाखाले पछिल्लो ३ घण्टादेखि परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरै स्थानमा भारी वर्षा भइरहेकाले स्थानीय खोला नदीमा बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो।

याे पनि: काठमाडौंसहित धेरै स्थानमा १२ घण्टादेखि लगातार वर्षा, आज रातिबाट अझ बढ्ने सम्भावना

सूचनामा भनिएको छ, ‘थप वर्षा हुन सक्ने, अरूणखोला, गिरुवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासि बाढी आउन सक्छ, १० बजे सम्म सतर्क रहौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad