समाज


एकदिनमा अहिलेसम्मकै धेरै संक्रमित: सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा

एकदिनमा अहिलेसम्मकै धेरै संक्रमित: सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा

नेपालखबर
साउन ४, २०७७ आइतबार २:०,

विश्वमा कोरोना महामारी सुरु भएयता एक दिनमा हुने संक्रमण दर अहिलेसम्मकै बढी देखिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एक दिनमा थपिएको संक्रमतिको संख्या अहिलेसम्मकै बढी हो।

यसमा पनि सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा संक्रमित थपिएका छन्। डब्लूएचओका अनुसार अमेरिकामा गत २४ घण्टामा ७१ हजार ४ सय ८४ संक्रमित थपिएका छन् भने ब्राजिलमा ४५ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै भारतमा गत २४ घण्टामा ३४ हजार ८ सय ८४ संक्रमित थपिएका छन्।

डब्लूएचओका अनुसार कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ। यो संख्या पनि मे १० तारिखयताकै अत्यधिक हो।

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वमा अहिलेसम्म जम्मा १ करोड ४२ लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। यीमध्ये ६ लाख १ हजार २ सय १३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad