सुदूरपश्चिममा बिहीबार थप १४ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीका ४ महिला, ६ पुरुष, कञ्चनपुरका एक महिला र दुई पुरुष र बझाङका एक महिलामा संक्रमण पुष्टि भएको हो।
कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुष, कञ्चनपुरको बेदकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ का एक महिलामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टाको अवधिमा एक सय ६९ जनाको कोरोना परीक्षण भएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित संख्या तीन हजार नौ सय ९२ पुगेको छ।
ती मध्ये एक हजार ६ सय १० जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने आठ संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया