राजनीति


बाग्मती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

बाग्मती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

नेपालखबर
साउन १, २०७७ बिहिबार ८:५७,

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको हो।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सम्बन्धित मन्त्रालयको कार्यसम्पादन सम्बन्धी सम्झौता गरेका थिए। एवं रितले मन्त्रीले सचिव र सचिवले सम्बन्धित विभागका प्रमुखहरुसँग सम्झौता गरेका थिए।

प्रधानमन्त्री ओलीले सुरु गरेको सोही प्रचलनका आधारमा बाग्मती प्रदेशमा पनि कार्यसम्पादन सम्झौता गरिएको हो।

samjhauta2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad