समाज


सिन्धुपाल्चोकमा फेरि गयाे पहिरो : दुई घर बगे, पाँच जना बेपत्ता

सिन्धुपाल्चोकमा फेरि गयाे पहिरो : दुई घर बगे, पाँच जना बेपत्ता

नेपालखबर
साउन १, २०७७ बिहिबार १:३,

सिन्धुपाल्चोकमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन्।

एक साताअघि गएको पहिरोमा बेपत्ता भएका २० जना नभेटिँदै जिल्लामा थप पाँच जना पहिरोमा बेपत्ता भएका हुन्।

भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीका दुईवटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका स्थानीय बासिन्दाले जानकारी दिएका छन्। घटना गए राति ११ बजेको हो। घटनास्थल सदरमुकामबाट ७५ किमी टाढा पर्छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। ‘घटनामा पाँच जना बेपत्ता भएको खबर आएको छ,’ एसपी महर्जनले बिहीबार बिहान नेपालखबरसँग भने, ‘प्रहरी अझै घटनास्थलमा पुग्न नसकेकाले विस्तृत विवरण प्राप्त भएको छैन।’

उनले प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै घटनाको विस्तृत विस्तृत विवरण आउने बताए।

‘सबैभन्दा नजिक रहेको फुलपिन कट्टी प्रहरी चौकीबाट घटनास्थल पुग्न तीन घण्टा लाग्छ,’ उनले भने, ‘घटनास्थलमा सशस्त्रको टोली पनि जाँदै छ।’ तातोपानी भन्सार कार्यालयबाट घटनास्थल एक घण्टा टाढा पैदल दूरीमा रहेको उनले बताए। घटनास्थलमा तातोपानीबाट सशस्त्र प्रहरीको टोली प्रस्थान गरिसकेको उनले जानकारी दिए।

एक साताअघि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएको बाढीपहिरोमा परेर बेपत्ता भएका २० जना अझै भेटिएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad