नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृतिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्।
दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग दाहालले सहमती नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्नेसहितका नौबुँदे प्रस्ताव राखेका खबर आजको नागरिक दैनिकमा टेकेन्द्र कार्कीले लेखेका छन्।
पटकपटकका छलफलमा ओलीले पार्टीअध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान लिएपछि दाहालले आफ्नो तर्फबाट लचकता अपनाएर सहमतीका लागि नयाँ प्रस्ताव अघि सारेका हुन्।
यस्ता छन् प्रचण्डका प्रस्ताव
-पार्टीको निर्णय मान्नुपर्ने
-पार्टी एकताको समयमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने
-गत मंसिमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने
-वामदेव गौतमबारे गरिएको निर्णय कार्यान्वयन गर्नुपर्ने
-नयाँ सहमति गरेर अघि बढ्न सकिने
-माधव नेपाललाई बाइपास गर्न नसकिने
-सहमति नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्न सकिने
-त्रिपक्षीय सहमति गर्नुपर्ने
-मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने

प्रतिक्रिया