आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले (बिहान) पनि देशभर मौसम आंशिक बदली (कतै बादलले ढाकेको, कतै उघ्रेको) छ भने एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा ठूलो (भारी) वर्षाको समेत सम्भावना रहेको माहशाखाले जारी गरेको मौसम पूर्वानमुान बुलेटिनमा उल्लेख छ।
यस्तै राति पनि दिउँसोजस्तै वर्षाले निरन्तरता पाउने सम्भावना छ।
महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ साथै एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया