ad ad

समाज


विवाहको आश्वासन दिँदै दुई किशोरीमाथि बलात्कार, गर्भ ६ महिनाको भएपछि खुल्यो पोल

विवाहको आश्वासन दिँदै दुई किशोरीमाथि बलात्कार, गर्भ ६ महिनाको भएपछि खुल्यो पोल

नेपालखबर
असार ३१, २०७७ बुधबार ४:५,

विवाहको आश्वासन दिँदै दुई किशोरीलाई बलात्कार गरेको आरोपमा पर्वतको कुश्मा बजारबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।

कुश्मामा भएका दुई छुट्टाछुट्टै घटनाका दुवै आरोपीलाई पर्वत जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ।

थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका-८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठले कुस्माबजारकी १५ वर्षीया किशोरीलाई विवाहको आश्वासन दिएर बलात्कार गर्दै आएका थिए। किशोरी गर्भवती भएको सार्वजनिक भएपछि १९ असारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।

खड्काले भने कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ असारमा पक्राउ गरेको हो।

श्रेष्ठले फेसबुकबाट चिनजान भएकी किशोरीलाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा बलात्कार गरेका प्रहरीले जनाएको छ। पीडितले असार १९ गते प्रहरीमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएहो। किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको पाइएको छ।

खड्काले पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर किशोरीलाई बलात्कार गरेको आरोप छ। आरोपित खड्का ट्र्याक्टर चालक हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .