डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडह्यानम गिब्रियसुसले कोरोना भाइरससँग जुझ्ने विषयमा धेरुै देशहरू गलत दिशातर्फ गइरहेको बताउँदै निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना भाइरस महामारी ‘खराबमाथि खराब’ हुँदै जाने बताए।
प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनको भनाइ छ।
सोमबार जेनेभामा बोल्दै गिब्रियसुसले नेताहरूको मिश्रित सन्देशले महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने जनविश्वासलाई कमजोर पारेको बताए।
विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य रुघाखोकी भएको मात्र बताउँदै आएका थिए। यतिबेला अमेरिका र ब्राजिल कोरोनाबाट सबैभन्दाप्रभावित छन्।
डब्लूएचओका प्रमुखले सामाजिक दूरीको पालना गर्न, हात धुन, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
उनले चेतावनी दिँदै भनेका छन्,‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ। त्यो भनेको खराब, खराब र खराब हुनु हो।’ बीबीसी
Shares

प्रतिक्रिया