समाज


आठ प्रहरी हत्या अभियाेग लागेका गुन्डा विकास दुबे मारिएपछि यस्ताे भएकाे छ उनकाे गाउँ

आठ प्रहरी हत्या अभियाेग लागेका गुन्डा विकास दुबे मारिएपछि यस्ताे भएकाे छ उनकाे गाउँ

नेपालखबर
असार २८, २०७७ आइतबार ३:३२,

आफूलाई पक्राउ गर्न आएका डीएसपीसहित आठ प्रहरीको हत्या गरेको अभियोग लागेका भारत कानपुरका गुन्डा नाइके विकास दुबे शुक्रबार ‘इन्काउन्टर’ मा मारिएपछि उनको गाउँ बिकरु यतिबेला सुनसान बनेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको त्रासले जुलाई ३ यता गाउँका सबै पुरुष पलायन भएका छन्, घरमा महिला, बालबालिका मात्र छन्।

रातको करिब ८ बजे बिकरु गाउँ भित्र पस्दा अँध्यारो सडकमा छाएको सन्नाटा सुरक्षाकर्मीको कुराकानी र पदचापले चिर्छ।

गाउँका मानिस कोही घरबाहिर सामान मिलाउँदै गरेका देखिए भने कोही झुलभित्र सुत्ने तयारी गरिरहेका थिए। हल्का आवाजले पनि उनीहरू तर्सिन्छन्।

जुलाई २ को रातिदेखि काटिएको विद्युत् जोडिएको छ। सडकमा बल्व तथा घरभित्र पनि ट्युबलाइट बलिरहेका छन्।

विकास दुबेको घरदेखि करिब २ सय मिटर वरै केही उचाइमा बनाइएको एउटा होचो पक्की घर छ। घरको बाहिर मिथिलेश कुमारी सोनकर आफ्ना बच्चाका साथ बसिरहेकी छन्। हामी नजिक जानेबित्तिकै उनी भित्र पसिन्। तर हामीले बोलाएपछि बाहिर आइन् र कुरा गर्न तयार भइन्।

मिथिलेश कुमारी-

mithiles

उनले पनि विकास दुबे मारिएको खबर  बिहानै पाएकी थिइन्। भनिन्, ‘हाम्रा लागि त उनी ज्यादै असल थिए, हामी सबैका लागि उनको आवश्यकता थियो। कुनै विकास गर्न वा समस्या समाधानका लागि उनी सधैं अघि सर्थे। उनीप्रति गाउँलेका कुनै गुनासा थिएनन्। बाहिर के थियो, हामीलाई थाहा छैन।’

याे पनिआठ प्रहरी हत्याका अभियुक्त विकास दुबे मारिनु जब उनकै पत्नीले ‘ठीक हाे’ भनिन्...

मिथिलेश कुमारीका साथमा तीनवटा बच्चा थिए- ५ वर्षदेखि १३ वर्षसम्मका। उनको घरमा पनि पुरुष सदस्य थिएनन्। कहाँ गए, उनलाई समेत थाहा छैन।

याे पनिआठ प्रहरी हत्यापछि फरार विकास दुबे एक हप्तापछि कस्तो अवस्थामा कसरी पक्राउ परे

भन्छिन्, ‘प्रहरीको डरले सबै हिँडे। कुनै घरमा त महिला र बच्चा पनि छैनन्। भागेका छन्। हामी त कहीं जान सकेनौं, त्यही भएर बस्न बाध्य भएका हौं। हामीलाई कुनै दुःख त दिएका छैनन्, तर घर जुन किसिमले तोडफोठ भयो, त्यही देखेर मानिस भागे।’ (बीबीसी हिन्दीमा प्रकाशित स्थलगत रिपोर्ट (समीरात्मज मिश्र) को थोरै अंश भावानुवाद गरिएको) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad