सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका एक जनाको सकुशल उद्धार गरिएको छ।
शुक्रबारदेखि बेपत्ता ४० वर्षीय नाङचे मगरलाई शनिबार उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।
भोटेकोसी गाउँपालिकाको लार्चामा पहिरोले घरसहित बगाएका नाङचेलाई घरभन्दा तल फेला पारिएको हो।
भोटेकोशीको बुलकोटेका ७ वर्षीय साहिल तामाङको शव भेटिएको छ। उनी बिहीबार बिहानदेखि बेपत्ता थिए।
सिन्धुपाल्चोकमा पहिरोबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। २० जना अझै हराइरहेका छन्। उनीहरुको खोजी भइरहेको बागमती प्रदेशका डीआईजी वसन्त लामाले बताए।

प्रतिक्रिया