चितवनको भरतपुर मेडिकल कलेजका चारजना डाक्टर पक्राउ परेका छन्।
मानव बेचविखन व्युरो काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) गोबिन्द थपलियाका अनुसार अवैधरुपमा मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।
शुक्रबार चितवन गएको व्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेर काठमाडौं ल्याउँदैछ।
सो आरोपमा मृगौला रोग विभागका प्रमुख प्रा.डा. राकेश वर्मा, प्रा.डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ पक्राउ परेका हुन्।
प्रहरीले चितवन जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र अर्का एकजना व्यक्तिलाई पनि सोहि कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

प्रतिक्रिया