ad ad

समाज


कोरोना संक्रमणबाट काठमाडौंको शंखमूलका एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंको शंखमूलका एक पुरुषको मृत्यु

नेपालखबर
असार २७, २०७७ शनिबार ९:५५,

कोरोना संक्रमणबाट काठमाडौँका एक पुरुषको मृत्यु भएको छ।

शुक्रबार  काठमाडौँको शंखमुल निवासी ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

 कोरोना संक्रमण पुष्टि भएपछि ती युवा असार २३ गतेदेखि पाटन अस्पतालको आइसोलेसना उपचाररत थिए।

उनको उपचारकै क्रममा शुक्रबार दिउँसो साढे ४ बजे मृत्यु भएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले बताए।

ती युवाको शुक्रबार बेलुका ८ बजे पशुपति आर्यघाटको विद्युतीय शव गृहमा जलाइएको सापकोटाले बताए। शवको व्यवस्थापनमा सेनाकै टिम परिचालन गरिएको थियो।

बिहीबार पनि कोरोना संक्रमित भएर मृत्यु भएका सिन्धुपाल्लोकका ३५ वर्षीय युवाको पनि हिजै विद्युतीय शव गृहमा जलाइएको सापकोटाले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .