समाज


वर्षा सम्भावना : पश्चिमतर्फ केही घट्ने, पूर्वतर्फ झन् थपिने

वर्षा सम्भावना : पश्चिमतर्फ केही घट्ने, पूर्वतर्फ झन् थपिने

नेपालखबर
असार २७, २०७७ शनिबार २:१८,

केही दिनयता देशभर जारी वर्षा अझै केही दिन रोकिने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। कम्तीमा अरू तीन दिन वर्षा जारी रहने उनीहरूको अनुमान छ।

वरिष्ठ मौसमविद् निराजन सापकोटाले शनिबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार अहिले तत्काल (शनिबार बिहान) पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

उनका अनुसार यतिबेला कञ्चनपुर, बैतडी डडेल्धुरा, दाङ, चितवन, हेटौंडा, प्रदेश २ का अधिकांश स्थान, पूर्व विराटनगर, इलाम, धनकुटालगायत क्षेत्रमा पानी परिरहेको छ।

दिउँसो अझ बढेर देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमस वर्षाको सम्भावना रहेको छ । प्रदेश १ २ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आइतबार साँझदेखि भने गण्डकी प्रदेशदेखि पश्चिमका क्षेत्रमा वर्षाको मात्रा केही घट्ने तर गण्डकीदेखि पूर्वका क्षेत्रमा वर्षा अझ बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् सापकोटाले जानकारी दिए।

उनका अनुसार भारतीय क्षेत्रमा बनेको मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले केही दिनयता वर्षा बढेको हो। जुन रेखा पूर्वदेखि पश्चिमसम्म तेर्सिएर बसेको छ।

‘त्यो रेखा तलमाथि भइरहन्छ,’ उनले भने, ‘यस क्रममा त्यो रेखा पश्चिमतर्फ केही दक्षिण (नेपालबाट तल) सर्ने र पूर्वतर्फ केही उत्तर (नेपालतर्फ नजिकिने) भएकाले आइतबार साँझदेखि गण्डकीदेखि पश्चिम पानी पर्ने क्रम केही कम हुने र त्यसयता पूर्व वर्षा झन् बढ्ने भएको हो।’

तर वर्षा भने देशभर नै जारी रहने मौसमविद् सापकोटाले बताए। ‘पश्चिममा थोरै पानी पर्छ भनेर ढुक्क हुने अवस्था भने छैन,’ उनले भने, ‘किनकि लगातारको वर्षाले सबै ठाउँका जमिन गलिसकेका छन्, त्यसले गर्दा सामान्य वर्षा भयो भने पनि पहिरो जाने सम्भावना हुन्छ, त्यसैले होसियारी अपनाउन जरुरी छ।’

हेराै‌ँ तीन दिनसम्मकाे वर्षाकाे सम्भावना:

mau27 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad