समाज


नवलपरासीमा बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीमा बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
असार २७, २०७७ शनिबार २:१२,

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटम बाढीले डाइभर्सन बगाउँदा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ।

गैँडाकोट नगरपालिका-९ थुम्सीस्थित जयश्री पुल नजिक खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।

‘लगातारको वर्षापछि ठूलो बाढी आयो, कल्भर्टमा राखिएको ह्युम पाइपमा पानी नअटेपछि कल्भर्ट बाढीले बगायो,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘कल्भर्ट बगेकाले शनिबार बिहान चारबजेदेखि सडक अबरुद्ध छ। दुबै तर्फका सबारी साधन रोकिएका छन्। बगेको कल्भर्ट पुनः बनाएर सडक सुचारु गर्ने प्रयास हुँदैछ।’

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले सडक अबरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका जानकारी दिए

नारायणगढ-बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो।

सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ। गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad