अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञले लकडाउन खोल्न हतार गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन्।
त्यहाँको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका प्रमुख डाक्टर एन्थोनी फाउचीले शुक्रबार इन्टरनेसनल एड्स सोसाइटीको बैठकमा डा. फाउचीले अहिले झन् हावाबाट पनि कोरोना फैलिने कुरा आइरहेका बेला अमेरिकाका केही राज्यमा लकडाउन खाेल्न तथा खुकुलाे पार्न हतार गरिएकाे भन्दै असन्तुष्टि व्यक्त गरेकाे समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ।
यसअगाडि बिहीबार उनले ठोस प्रमाण प्राप्त भइसकेको नभए पनि हावाका कारण पनि कोरोना फैलिरहेको चाहिँ छ।
जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा बितेको २४ घण्टामा थप ६३ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वर्ल्डओमिटरको तथ्यांकअनुसार आज बिहान सवा ७ बजेसम्म अमेरिकामा संक्रमतिको कूल संख्या ३३ लाख ९१ हजार ७८६ पुगेको छ। तीमध्ये १ लाख ३६ हजार ६७१ जनाको मृत्यु भइसकेको छ।
संक्रमितमध्ये १४ लाख ६० हजार ४९५ जना भने निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया