समाज


नेपालका बारेमा कुप्रचार गर्ने जी न्यूजले माफी माग्यो (भिडियो)

नेपालका बारेमा कुप्रचार गर्ने जी न्यूजले माफी माग्यो (भिडियो)

नेपालखबर
असार २६, २०७७ शुक्रबार १४:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीसँग जोडेर 'ओलीकी इस्किया' कार्यक्रम चलाउने भारतीय समाचार च्यानल जी न्यूजले माफी मागेको छ। 

सर्वत्र विरोधपछि च्यानलले शुक्रबार माफी मागेको हो। घृणा फैलाउने कार्यक्रम सञ्चालन गरेको भन्दै बिहीबार नेपाली केबल अपरेटरहरुले केही भारतीय च्यानलहरु प्रशारणमा रोक लगाएका थिए। 

शुक्रबार नै नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोक्ने च्यानल वितरकहरुलाई सरकारले समेत धन्यवाद दिएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको हो।

 'भारत र नेपालको सम्बन्ध सदैव मैत्रीपूर्ण रहेको छ। यी देशको सम्बन्ध सांस्कृतिक, राजनैतिक तथा ऐतिहासिक रुपमा बलियो छ। हामी नेपाली जनताको भावनाको आदार गर्छौं। हाम्रो च्यानलमा त्रुटीले प्रशारित कार्यक्रम ओलीको इस्कियाबाट नेपाली जनताको भावनामा चोट पुगेको भए खेद व्यक्त गर्छौं,' जी न्यूजले माफी माग्दै भनेको छ। 

भिडियो: 

Posted by Nepalkhabar on Friday, July 10, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad