राजनीति


नेकपा सांसदले सुरु गरे हस्ताक्षर अभियान

नेकपा सांसदले सुरु गरे हस्ताक्षर अभियान

नेपालखबर
असार २६, २०७७ शुक्रबार १५:१,

पार्टीलाई बिभाजनबाट रोक्न भन्दै नेकपाका सांसदहरुले हस्ताक्षर संकलन थालेका छन।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसहित तीनै पक्षका सांसदहरुले बिहीबारदेखि एकतालाई कायम राख्नपर्ने भन्दै हस्ताक्षर सङ्कलन थालेको सांसद कृष्ण दाहालले बताए।

‘पार्टी एकतामा दायाबायाँ गर्न नहुने भन्दै हामीले दबाब दिन हस्ताक्षर सङ्कलन थालेका हौं, आइतबारसम्म दुबै अध्यक्षलाई बुझाउनेछांै,’ दाहालले भने।

पार्टीमा बहस भएपनी त्यो बिभाजनमा जान नहुने नेताहरूबीच सहमती बनेर हस्ताक्षर गरिएको उनले बताए।

सो अभियानमा अन्य सांसदहरु यज्ञराज सुनुवार, रामकुमारी झाक्री, गणेश पहाडी, श्यामकुमार श्रेष्ठ, सुरेश राई, समिना हुसेन, लक्ष्मी चौधरी, इन्दू शर्मा, झपट रावल, मेटमणि चौधरी लगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad