राजनीति


विदेशी लगानीकर्तालाई नेपाल आउन स्वीकृति, यस्ता छन् सीसीएमसी बैठकका निर्णय

विदेशी लगानीकर्तालाई नेपाल आउन स्वीकृति, यस्ता छन् सीसीएमसी बैठकका निर्णय

नेपालखबर
असार २६, २०७७ शुक्रबार १४:५४,

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ। 

सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सम्बन्धित स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ ।

बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले प्रदेश र जिल्ला स्तरीय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको बताए। यस्तै बैठकमा अहिले सम्म तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिहरुको वस्तुस्थितिको बारेमा छलफल भएको थियो।

विदेशबाट आउने व्यक्तिको व्यवस्थापन व्यवस्थित गर्न र समन्वय गर्न काठमाडौं उपत्यकाको हकमा नगरपालिकाको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बैठकमा आमन्त्रण गर्ने निर्णय भएको समेत सचिव गुरागाईंले बताए।

नेपालमा लगानी गरेका लगानीकर्ता वा तीनका प्रतिनिधि, नेपालमा शाखा खोलि कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका व्यवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैह्र सरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय समेत बैठकले गरेको छ।

यस्तै जुलाई १२ तारिक सम्म उद्दारका उडानहरु भइराखेकोमा एक हप्ता सम्मको उडानका तालिकाहरु स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर उडान तालिका प्रकाशन गर्ने निर्णय भएको सचिव गुरागाईंले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad