समाज


डीएसपीसहित ८ प्रहरी हत्या गर्ने गुन्डा विकास दुबेको ‘इन्काउन्टर’: कहाँ-कहाँ, कति हानियो गोली?

डीएसपीसहित ८ प्रहरी हत्या गर्ने गुन्डा विकास दुबेको ‘इन्काउन्टर’: कहाँ-कहाँ, कति हानियो गोली?

नेपालखबर
असार २६, २०७७ शुक्रबार ९:४६,

उत्तर प्रदेश प्रहरीले कानपुर हत्याकाण्डका मुख्य अभियुक्त विकास दुबे भाग्ने प्रयास गरेपछि मारिएको दाबी गरेको छ।

प्रहरी अधिकारीका अनुसार मध्य प्रदेशको उज्जैनमा बिहीबार पक्राउ परेका दुबेलाई आज (शुक्रबार) बिहानै कानपुरस्थित प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा उनलाई चढाइएको गाडी पल्टियो। त्यस क्रममा केही प्रहरी घाइते भए, तर दुबे भएनन्।

त्यसपछि दुबेले घाइते प्रहरीको पेस्तोले खोसेर भाग्ने प्रयास गरे। अनि प्रहरीले उनलाई घेरा हाले र आत्मसमर्पण गर्न आग्रह गरे तर उनले प्रहरीबाट खोसेको पेस्तोलबाट गोली चलाउन थाले। त्यसपछि प्रहरीले जवाफी फायरिङ गर्दा दुबेलाई गोली लागेको र घाइते अवस्थामा अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको दाबी उत्तर प्रदेश प्रहरीले गरिरहेको छ।

याे पनिअन्ततः आज बिहानै यसरी मारिए, आठ प्रहरी हत्या अभियोग लागेका विकास दुबे

तर सम्बन्धित अस्पतालका चिकित्सकले भने अस्पताल ल्याउनुभन्दा अघि नै दुबेको मृत्यु भएको बताएका छन्।

कानपुरस्थित जीएसबीएम मेडिकल कलेजका प्राचार्य डाक्टर अरबी कमलले बीबीसी हिन्दीसँग भनेका छन्, ‘विकास दुबेलाई चार गोली लागेको थियो। तीन गोली छातीमा र एक गोली हातमा। विकास दुबेलाई मरिसकेपछि अस्पताल ल्याइएको थियो।’

उनका अनुसार मुठभेडमा तीन प्रहरी पनि घाइते भएका छन्, जसलाई विभिन्न ठाउँमा चोट लागेको छ। उनीहरूको शरीरमा पनि गोलीले घाउ बनाएको छ। उनीहरूको अवस्था अहिले स्थिर छ।

कानपुरका रेन्जका आईजी मोहित अग्रवालले दुबे मारिएको पुष्टि गरिसकेका छन्। उनका अनुसार घटनामा घाइते चार प्रहरीको अहिले कानपुरस्थित सीएचसी अस्पतालमा उपचार भइरहेको छ।

उनले पत्रकार सम्मेलन गरी घटनाको सबै जानकारी दिने बताएका छन्।
(बीबीसी हिन्दीमा प्रकाशित समाचारको भावानुवाद)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad