ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा रु १० लाख सहयोग गरेको छ। बैंक कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज सो रकमको चेक हस्तान्तरण गरे।
उक्त चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विपद्का बेला सरकारसँगै छौंँ भनेर सकारात्मक सन्देश दिई आफ्नो उत्तरदायित्व पूरा गरेकामा बैंकलाई धन्यवाद दिए।
बैंकका कर्णाली प्रदेश प्रमुख मुल्मीले संस्थाले विशुद्ध नाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात् गरेको जनाए। रासस

प्रतिक्रिया