काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको बताए।
प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४९ जना कोरोना मुक्त भएर विभिन्न आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ।

प्रतिक्रिया