कोरोना भाइरस फैलिने क्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न आदेश दिएका छन्।
भिक्टोरिया राज्यमा बिहीबार अरु १६५ जनामा संक्रमण देखिएको थियो। यस राज्यमा अरु राज्यबाट हुने आवातजावतमा पूर्ण रुपमा प्रतिबन्ध समेत लगाइएको छ।
लकडाउनको सम्भावना रहेसँगै छिमेकी राज्य न्यू साउथ वेल्सबाट मानिसहरु बुधबार ठूलो संख्यामा भिक्टोरिया प्रवेश गरेका छन्। प्रहरीका अनुसार ३६ घण्टाभन्दा कम अवधिमा ३० हजारभन्दा बढी कार भिक्टोरिया प्रवेश गरेका छन्।
यसबाट भिक्टोरियाका अरु क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमण अरु बढ्ने खतरा औंल्याइएको छ।
न्यू साउथ वेल्सका प्रमुख ग्लाडिज बेरेजीक्लियानले सीमावर्ती शहर अल्बरीमा दुई जना नयाँ संक्रमित भेटिएको जनाउँदै अन्य राज्यको भ्रमण गर्दा विशेष सावधानी अपनाउन चेतावनी दिए।
क्विन्सल्यान्ड राज्यले पनि बिहीबार भिक्टोरियाबाट हुने आवागमनलाई निषेध गरिएको घोषणा गरेको छ। क्विन्सल्यान्डले यसअघि अन्य राज्यबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने नियम पनि हाल स्थगित गरेको जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया