प्रहरीले नुवाकोटबाट भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तादी गाउँपालिका–५ नर्जा बस्ने २४ वर्षीय राम तामाङ र अर्का एक जना छन्।
तामाङको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरुवा बन्दुकसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया