विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा ब्युबनिक प्लेग राेग देखिएकोबारे आफूले निगरानी गरिरहेको जनाएको छ। तर अहिले नै अवस्था खतरनाक नदेखिएको पनि उसले बताएको छ।
डब्लूएचओको प्रवक्ताले प्लेगले ग्रस्त बिरामीको राम्रोसँग हेरचाह भइरहेको जानकारी दिएका छन्।
चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रको एक सहरमा प्लेगका एक संक्रमित भेटिएपछि चिन्ता बढेको छ।
खबरअनुसार बायानुर सहरमा भेटिएका ती बिरामी गोठाला हुन् र उनलाई अहिले क्वारेन्टिनमा राखिएको छ भने अवस्था स्थिर छ।
मुसा र त्यसका परजीवीमा पाइने येर्सिनिया पेस्टिस नामक सूक्ष्म जीवका कारण प्लेग लाग्छ। ब्युबनिक प्लेग सबैभन्दा सजिलै मानिसमा लाग्ने प्लेग हो।
कुनै बखत ब्युबोनिक प्लेग विश्वको सबैभन्दा डरलाग्दो रोग थियो, तर अब भने यसको उपचार सजिलै गर्न सकिने चिकित्सकले बताएका छन्।
प्लेग ब्याक्टेरियाको वाहक मुसा हो, त्यसैले यसको सिकार गर्नु गैरकानुनी मानिन्छ। बीबीसी

प्रतिक्रिया