एक समय ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका नेपालमा पछिल्लो समय चार जिल्ला कोरोना संक्रमित मुक्त भएका छन।
स्वास्थ्यमन्त्रालयका अनुसार प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा हाल कुनैपनि कोरोना संक्रमित नभएका हुन।
पछिल्लो २४ घण्टामा नेपालमा थप २०४ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ।।
प्रतिक्रिया