समाज


कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

नेपालखबर
असार २३, २०७७ मंगलबार २:२३,

मकवानपुरमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

मनहरी गाउँपालिका ७ बिजौनामा बा २१ च ६६४२ नम्बरको कारले ठक्कर दिँदा ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ज्यान गुमाउनेको सनाखत हुन नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा मृत्यु भएको हो। दुर्घटनापछि कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad