समाज


दोलखामा बाँदर धपाउने यन्त्र वितरण

दोलखामा बाँदर धपाउने यन्त्र वितरण

नेपालखबर
असार २२, २०७७ सोमबार १६:९,

दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र वितरण गरेको छ।

नगरपालिकाले नौवटै वडाका किसानलाई बाँदर धपाउने यन्त्र आज वितरण गरेको हो। किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए।

बाँदरले किसानहलाई दुःख दिन थालेपछि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको थियो। पहिलो चरणमा नगरपालिकाले ३० थान बाँदर नियन्त्रयण गर्ने यन्त्र किसानलाई वितरण गरेको र यसको प्रभावकारिताको आधारमा पुन दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad