समाज


गणेश नेपालीले गरेकाे आत्मदाह प्रयास घटना छानबिन गर्न सरकारसँग माग

गणेश नेपालीले गरेकाे आत्मदाह प्रयास घटना छानबिन गर्न सरकारसँग माग

नेपालखबर
असार २६, २०८३ शुक्रबार ११:५५, काठमाडौँ

स्वतन्त्र दलित नागरिक समाज, नेपालले त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा मुगुको सोरु गाउँपालिका-१ का २६ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयास घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

समाजले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न नेपाल सरकारसँग अनुरोध गरेको हो। 

साथै गणेश नेपालीको प्रभावकारी उपचारको व्यवस्था गर्न, परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा यस्ता घटनालाई सामान्य रूपमा नलिई युवाको जीवन, सम्मान र भविष्यसँग जोडिएका समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ।

विज्ञप्तिमा यो घटना केवल गणेश नेपालीको व्यक्तिगत पीडा नभई देशका हजारौँ युवाको निराशा, पीडा र राज्यप्रतिको घट्दो विश्वासको प्रतिनिधित्व गर्ने घटना भएको दाबी गरिएको छ। 

समाजले नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरूलाई युवाको भविष्य सुरक्षित गर्ने दिशामा ठोस कदम चाल्न अपिल गरेको छ।

जलेर गम्भीर रूपमा घाइते नेपाली हाल वीर अस्पतालमा जीवन र मरणको संघर्षमा छन्। समाजले उनको शीघ्र स्वास्थ्यलाभको कामना तथा परिवारप्रति समवेदना व्यक्त गरेको छ।

दलित नागरिक समाजले कुनै पनि युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य हुने अवस्था सामान्य घटना नभई राज्य, समाज र सम्बन्धित निकायको गम्भीर असफलताको संकेत भएको टिप्पणी गरेको छ। 

अवसरको अभाव, बेरोजगारी, प्रशासनिक झन्झट र भविष्यप्रतिको निराशाका कारण शिक्षित युवाहरू यस्ता कठोर निर्णय लिन बाध्य हुनुपरेको भन्दै समाजले चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad