ad ad

समाज


भारत बन्याे विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक

भारत बन्याे विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक

नेपालखबर
असार २२, २०७७ सोमबार १:३८,

छिमेकी मुलुक भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको देश बनेको छ।

केही दिनयता लगातार उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा आइतबार मात्रै झन्डै २५ हजार जना संक्रमण पुष्टि भएको थियो।

सोमबार बिहान ७ः३० बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार भारतमा संक्रमितको कूल संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ। तीमध्ये १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार ८ सय ९१ बिरामी निको भएका छन्।

भारतमा संक्रमणको वास्तविक चित्र अझै थाहा नभएको विज्ञले बताएका छन्।

अधिकारीले संक्रमण रोक्न अनेक प्रयत्न गरिरहेका छन्। दिल्लीमा काेराेनाका बिरामी उपचारका लागि ठूलो स्याहार केन्द्र खोलिएको छ।

याे पनि: भारतमा कोरोना संक्रमितका लागि ‘विश्वकै ठूलो’ अस्पताल स्थापना

वर्ल्डओमिटरकै तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म २९ लाख ८२ हजार ९ सय २८ जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १ लाख ३२ हजार ५ सय ६९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८९ हजार ५ सय ६५४ बिरामी निको भइसकेका छन्।

यसपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित ब्राजिलमा छ। जहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ लाख ४ हजार ५ सय ८५ पुगेको छ भने तीमध्ये ६४ हजार ९ सयको मृत्यु भएको छ। संक्रमितमध्ये ९ लाख ७८ हजार ६ सय १५ जना निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .