ad ad

छापा खबर


लकडाउनमा ११०५ आत्महत्या, मान्छेले आफ्नो ज्यान आफैँ किन लिन्छ ?

लकडाउनमा ११०५ आत्महत्या, मान्छेले आफ्नो ज्यान आफैँ किन लिन्छ ?

नेपालखबर
असार २२, २०७७ सोमबार १:३५,

असार १० मा दुबईबाटआफ्नै थातथलो रोल्पा फर्केका ३१ वर्षीय युवकले गत वुधबार आत्महत्या गरे। रामदेव गाउँपालिका ५ का अभन सार्की एक्लै होम क्वारेन्टिनमा थिए।

स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनमा भारतबाट फर्केर बसेकाहरुले बस्न नदिएपछि अभन हामे क्वारेन्टिनमा थिए। आरडिटी परीक्षणले उनमा कोरोना नेगेटिभ देखाएको थियो।

अछामको बयलपाटा अस्पतालकासफाइ कर्मचारी सिद्धार्थ आउजीले जागिर गुमेपछि जेठ २६ मा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे।कोहलपुरको एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो। उनी कार्यरत अस्पतालले वित्तीय संकट परेको भन्दै सिद्धार्थसहित ३२ जनालाई जागिरबाट निकालेको थियो।

कोरोना संक्रमण महामारी सुरुभएयताका साढे ३ महिनाका यी प्रतिनिधि घटना हुन। यो महाव्याधिका कारण दैनिकजसो हुने मृत्यु, सयौंको संख्यामासंक्रमितको बढोत्तरी, सामाजिक दूरी, आइसोलेसन र मनोवैज्ञानिक तनावका कारण देशमा गम्भीर मानसिक स्वास्थ्य संकटको संकेत देखिएको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

सबै जिल्लाका सहरदेखि दुर्गम क्षेत्रसम्म पुगेको यो संक्रमणका कारण आममानिसमा निराशा र डर बढेकोछ। भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिनमा हालसम्म आठजनाको मृत्यु भइसकेकोछ।तीमध्ये चारजनाले आत्महत्याको बाटो रोजेका थिए।

चैत ११माराष्ट्रव्यापी लकडाउन सुरु भएयता असार १७ गतेसम्ममा१ हजार १ सय ५जनाले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीसँग छ।

मानिसहरु आफ्नो ज्यान आफैंले लिने हदसम्म पुग्न विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण जिम्मेवार हुन्छन्। सन् १८९७मा प्रकाशित आफ्नो पुस्तक ‘सुसाइड’ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तिगतभन्दापनि सामाजिक कारणले मानिसहरु आत्महत्याका लागि उद्यत् हुने उल्लेख गरेका छन्।

मानसिक स्वास्थ्यका क्षेत्रमा कामगर्ने विज्ञहरु महामारी सुरु भएयता दैनिक आत्महत्या गर्नेको संख्यावृृद्धिभएको बताउँछन्।

‘त्यसअघि दिनहुँ १६ जनाको हाराहारीमा नेपालमा आत्महत्या हुने गरेकोमा अहिलेबढेर १७ भन्दा माथि पुगेकोछ,’ मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ नेपाल) का चिकित्सा मनोविद्भरत गौतम भन्छन्।

उनी थप्छन, ‘पछिल्ला अध्ययनहरुले नेपालको २० प्रतिशत जनसंख्यामा बैचैनी, डर, निराशाजस्ता कुनैनकुनै प्रकारका मनोसामाजिक समस्या रहेको देखाएकाछन्।’

सन् २०१८ सेप्टेम्बरमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले ८ दशमलव ७ प्रतिशत युवा र १० दशमलव ९ प्रतिशत पौढमा आफ्नो ज्यान आफैंले लिने सोच हुने गरेको देखाएको थियो। साढे २ वर्षअघि गरिएको सो सर्वेक्षणले नेपालमा १२ दशमलव ९ प्रतिशत जनसख्यामा कुनै न कुनै प्रकारको मानसिक असन्तुलन रहेको देखाएको थियो।

मानसिक स्वास्थ्यका क्षेत्रमा कामगर्ने जनशक्तिको पनि नेपालमा टड्कारो अभाव छ। नेपालमा १ सय ८०को हाराहारीमा मनोचिकित्सक, ३५ चिकित्सा मनोविद् र एक हजारको हाराहारीमा मनोसामाजिक परामर्शदाता छन्। अधिकांश यो जनशक्ति सहरी क्षेत्रमा सीमित छ।

समाजशास्त्री चैतन्य मिश्र कोभिड १९महामारी सुरु भएपछि आत्महत्याको जोखिम थप बढेको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .