ad ad

समाज


कञ्चन हत्या प्रकरण: २० जना प्रहरीको नियन्त्रणमा

कञ्चन हत्या प्रकरण: २० जना प्रहरीको नियन्त्रणमा

शैलेन्द्र महतो
असार २१, २०७७ आइतबार १४:२६,

जनकपुरधामकी ११ वर्षीया बालिका कञ्चन पजियारलाई बलात्कार गरी हत्या गरेको घटना अनुसन्धान गर्न प्रहरीले २० जनालाई पक्राउ गरेको छ।

घटनास्थल नजिकै रहेको स्मसानघाटमा बस्ने एक भारतीय अघोरी बाबासहित २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

‘कञ्चनको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आशंकामा १८–२० जनालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं’ डीएसपी कार्कीले भने।

गएको शनिबार मध्याहन्न १२ बजे कञ्चनको शव नग्न अवस्थामा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था स्थित दुधमती नदीको किनारको झाडीमा फेला परेको थियो। कञ्चनलाई बलात्कार गरी कसैले हत्या गरेको हुन सक्ने घटनास्थलको पकृतिबाट देखिएको प्रहरीले बताउँदै आएको छ।

कञ्चन गएको बुधबार दिउँसो साढे ११ बजे भैँसी चराउन घर नजिकैको आँपघारीमा गएको बेला बेपत्ता भएकी थिइन्। खोजविन गर्ने क्रममा उनको शव दुधमती नदीको किनारमा हत्या गरेको अवस्थामा फेला परेको थियो।

याे पनि: अब कहिल्यै फर्केर आउने छैनन् सबैकी प्यारी कञ्चन!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .